लोड हुँदैछ...

मेनु

कैदीबन्दीद्वारा वृद्धाश्रममा सहयोग

कैदीबन्दीद्वारा वृद्धाश्रममा सहयोग

विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले जेष्ठ नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेका छन् ।

कैद सजाय भुक्तान गर्दै आएका मोरङ कारागारका कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम खाद्यान्न र नगद सहयोग गरेका हुन् । कैदीबन्दीहरुले ४० हजार मूल्य बराबरको खाद्यान्न र २१ हजार रुपैयाँ नगद सहयोग गरेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले जानकारी दिए ।

मोरङ कारागारमा ९ सय ६२ जना कैदीबन्दी रहेका छन् । जसमा ७० जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।