विराटनगर । सामाजिक अभियान्ता राहुल भट्टराईले मोरङको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जाडोको न्यायो कपडा र जुत्ता वितरण गरेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका–१ स्थित श्री मावि होक्लाबारीमा अध्ययरत २ सय १० जना आर्थिक विपन्न विद्यार्थीहरूलाई जाडोको न्यायो सुइटर र जुत्ता शुक्रबार अभियान्ता भट्टराईले वितरण गरेका हुन् ।
अहिले सीतलहरसँगै जाडो बढेर विपन्न परिवारका विद्यार्थीलाई पठन–पाठनमा कठिनाइ भएकोले जाडोमा न्यानो पार्ने कपडा र जुत्ता वितरण गरिएको सामाजिक युवा अभियान्ता राहुल भट्टराईले जानकारी दिए । विद्यार्थीहरूलाई कपडा र जुत्ता कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफले, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, सामाजिक अभियान्ता भट्टराई, स्कुलका प्रधानाध्यापक रामचन्द्र पण्डित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर बस्नेतलगायतले वितरण गरेका थिए ।
सहयोग गर्ने मनकारी युवा अभियान्तालाई विद्यालयको तर्फबाट प्रअ पण्डितले धन्यवाद व्यक्त गरे । उक्त सहयोग दीपक श्रीवास्तव, इशान्त मोरिया र निलेश डाँगाले पनि गरेका थिए ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।