विराटनगर । नेपाल निजामती कर्मचारी युनियनको निर्वाचनबाट पर्शुराम मण्डल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।
युनियन जिल्ला कार्य समिति मोरङको सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा होरिपुमर्दन डोटेल, कल्पना घिमिरे र प्रदीपकुमार साह, सचिवमा कृष्ण प्रसाद भट्टराई, सहसचिवमा सुक्ष्मा पराजुली र कोषाध्यक्षमा सुनन्दकेशरी पोखरेल निर्वाचित भएका छन् ।
सदस्य पदमा डिल्ली राज वस्नेत, कविराज फुयल, सुदिप पोखरेल, अनिलकुमार सिंह, उपेन्द्रप्रसाद कुशियैत, हरिप्रिया खतिवडा, सिता बराल र शर्मिला रिजाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यसैगरी निर्वाचनबाट शिवहरी निरौला, गोपालप्रसाद दाहाल, यादवप्रसाद दुलाल, भुपेन्द्र खनाल र कौशिला दाहाल केन्द्रीय(महाधिवेशन) प्रतिनिधिमा निर्वाचित भएका छ्न् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।