विराटनगर । उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले विराटनगरमा एक दिने ‘स्टार्ट अप उद्यमी हाटबजार’ लागेको छ ।
नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्य सहित आज विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा एक दिने हाटबजार आयोजना गरिएको हो ।
‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्ने गरि आयोजित हाटबजारमा प्रदेश १ का विभिन्न जिल्लाका उद्यमीहरुले स्टल राखेर आ–आफ्नो उत्पादन प्रर्दशन गरे । नवउद्यमीहरुलाई बजारसँग जोडेर उनीहरुलाई बजारको स्थिति, उपभोक्ताको पहिचान तथा आफ्ना उत्पादनमा थप सुधार गर्नुपर्ने पक्षकाबारेमा अवगत गराउन हाटबजारको आयोजना गरिएको स्टार्टअप एण्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।
उद्योग संगठनले छनौटमा परेका विभिन्न जिल्लाका उद्यमीहरुलाई प्रत्यक्ष रुपमा बजारसँग जोडिदिने प्रयास स्वरुप पहिलोपटक हाटबजारको आयोजना गरेको थियो । हाटबजारमा मौरीपालन, माछापालन, जडिबुटी तथा अर्गानिक उत्पादनका साथै प्रविधि जन्यवस्तु तथा सेवाका स्टलहरु राखिएको थियो । बजारमा उपभोक्ताको माग र रुचिबारे जानकारी लिन तथा उपभोक्ताहरुसँग प्रत्यक्ष रुपमा जोडिन स्र्टाटअप उद्यमी हाटबजारले महत्वपुर्ण भुमिका खेलेको सहभागी उद्यमीहरुले बताएका छन् ।
