इटहरी गोल्डकप माघ पहिलो साता हुने

इटहरी । सुनसरीको इटहरीमा आगामी माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो ।

कोभिड १९ का कारण थला परेको खेलक्षेत्र बिस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेलक्षेत्रको बिकासमा थप सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षले बताएको छ ।

त्यस्तै प्रतियोगिताको सफलताको शुभकामना दिदै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले नगरपालिका गोल्डकपले नगरपालिकाहरूले खेलक्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन समेत हुने बताइन् । उनले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागीता जनाउने बताउदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिइन् ।

हालसम्म प्रतियोगितामा ८ वटा नगर सहभागीताका लागि इच्छुक रहेको आयोजक पक्षको भनाइ छ । इटहरी स्थित जनता मा.वि.को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

पुस १०, २०७८, दिउँसोको ०२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर