विराटनगर । नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समितिको सचिवमा सुनसरीका अईन्द्र विक्रम बेघाले सशक्त दावेदारी गरेका छन् ।
माओवादी केन्द्रको प्रदेश नम्बर १ को सम्मेलन यहि मंसिर २५ देखि २७ सम्म भएको थियो । अधिवेशनबाट निर्वाचित समितिले पदाधिकारी छान्न पुस ७ गते बैठक तय गरेको छ ।
त्यसको निम्ति मंसिर २९ गते प्रदेश समितिको प्रथम बैठक टंक गिरीको अध्यक्षतामा बसेको प्रथम बैठकले पदाधिकारी र समितिको सदस्यहरुको समावेशी सूचीअनुसार मिलाउने गरि अजम्बर काङवाङको संयोजकत्वमा ५ सदस्य सुझाब समिति गठन गरेको छ ।
समितिले पदाधिकारी र समावेशी नमिलेको सदस्यहरूको संख्या सूचीसहित सुझाव तयार गर्नेछ । विधानअनुसार पदाधिकारीको संख्या ९ रहने व्यवस्था छ । अध्यक्ष १, महिलासहित उपाध्यक्ष ३ ,सचिव १, सह–सचिव ३ र कोषाध्यक्ष १ जना हुने माओवादीको विधानमा व्यवस्था छ । अहिले प्रदेशको अध्यक्ष र सचिव पदका आकांक्षा राख्नेहरुको संख्या बढीरहेको छ । उपाध्यक्ष , सह–सचिव र कोषाध्यक्षमा कमले दाबी गरेका छन् ।
बेघाले आफ्नो दाबी सचिवमा रहेको पुष्टि गरे । ‘सबै हिसाबले म प्रदेश सचिवको लागि योग्य छु । म माओवादी आन्दोलनमा निरन्तर छु । यहाँ मैले सबै खालको त्याग र बलिदान गरेको छु,’ उनले भने, ‘यहाँको आन्दोलनलाई जोडेर अघि बढ्ने शक्तिशाली संगठन बनाउने अठोट लिएको छु र म युवा पनि हो ।’
सचिवका दावेदार बेघा विद्यार्थी राजनीतिबाट आएका हुन् । उहाँले राजनीतिक बन्दीको रुपमा ३ वर्ष जेलजीवन बिताएका थिए भने ११ महिना तत्कालीन राज्यद्वारा बेपत्ता पारेको थियो । उहाँ अहिले धरानको लोकप्रिय र जनप्रिय नेताको रुपमा स्थापित छन् ।
अगृम शुभकामना