मुख्यमन्त्री राई र स्वीस राजदुत क्याप्लर बीच भेटवार्ता

विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डकी राजदुत एलिजावेथ भोन क्याप्लर बीच बिहीबार द्धिपक्षीय भेटवार्ता भएको छ ।

भेटमा मुख्यमन्त्री राईले प्रदेश सरकारलाई स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयप्रति प्रदेश सरकार प्रतिबद्ध रहको बताए ।

साथै उनले प्रदेशको नाम चाँडै टुंगाउने अबको प्राथमिकता भएको स्पष्ट पार्दै उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गरे । ‘अनावश्यक योजना कटौती गर्ने, राजश्व बृद्धि गर्ने र अनुदान जुटाउने काममा लाग्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकारका आफ्ना कार्यालयहरू राख्ने संरचना नभएको अहिले अवस्थामा संघीयता कार्यान्वयनका सन्दर्भमा विगतका सरकारको मौनता र सुस्तताले वर्तमान सरकारलाई बढी चापमा पारेको छ ।’ ‘कर्मचारी पर्याप्त छैनन्, संघीय सरकारले पठाएका कर्मचारीको भर पर्नुपरेको छ, ‘अब हामी संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारको भूमिकालाई गहिरो आत्मसात् गरी अघि बढ्ने छौं’।

सो अवसरमा स्वीस राजदूत क्याप्लरले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि व्यक्त गरिन।साथै उनले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएको पनि स्मरण गराईन ।

 

 

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको ०२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर