नेकपा एसको कानेपोखरी गाउँपालिका अध्यक्षमा भूमि दुलाल, युवा संघमा जीवन मुडियारी

कानेपोखरी । नेकपा (एकीकृत समाजवादी)ले मोरङस्थित कानेपोखरी गाउँपालिकामा पहिलो गाउँ भेला गरेको छ ।

भेलाबाट भूमिकुमार दुलालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति र जिवन मुडियारीको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ गठन भएको छ ।

भेलाबाट पार्टीको उपाध्यक्षमा कुलबहादुर तामाङ, सचिवमा अमृत कार्कीलगायत रहेका छन् । यस्तै युवा संघको उपाध्यक्षमा मीनकुमार बस्नेत, सचिवमा प्रविण चौधरी चयन भएका छन् ।

उक्त भेलालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हर्कमान तामाङ, संविधानसभा सदस्य चण्डी राई, जिल्ला सदस्य टंक भण्डारी, युवा संघ मोरङका अध्यक्ष प्रेमराज भारतीलगायतको उपस्थिति थियो ।

शनिबार, ०२ असोज, २०७८, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर