विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, विराटनगर कमिटीद्वारा आयोजित हाम्रो समाज हाम्रो दायित्व नामक अभियान अन्तर्गत सरसफाइ कार्यक्रम गरेको छ ।
विराटनगरस्थित विराटनगर ११ मा रहेको नेकपा एमाले जिल्ला पार्टी कार्यालय परिसरमा सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेस पोखरेल, नेता रुपेस खतिवडा, महानगर कमिटीका अध्यक्ष सागर थापा, नेता मीनकुमार आचार्य, स्पोर्ट्स एकेडेमी प्रदेश सदस्य रोहित कोईराला, स्पोर्टस् एकेडेमिका सचिव सन्दीप पोखरेल, महानगर अध्यक्ष विज्ञान शर्मा लगायतको उपस्थिति थियो ।
सरसफाइ गर्ने क्रममा रुख विरुवामा रङरोगन गरिएको हो । एकेडेमीले विगत ३ हप्तादेखि सरसफाइ अभियान चलाउँदै आएको छ । गत हप्ता एकेडेमिले बालबालिका दिवसको अवसर पारेर जनपथ माविमा सरसफाइ एवम् वृक्षारोपण कार्यक्रम गरेको एकेडेमी महानगरका सचिव राम पोखरेलले बताए ।

