मोरङको काँग्रेस क्रियाशील सदस्यको नाम सार्वजनिक, असोज ५ मा वडा अधिवेशन

विराटनगर । सत्तारुढ नेपाली काँग्रेसले मोरङसहित सात जिल्लाको क्रियाशील सदस्यता नामावली बुधबार सार्वजनिक गरेको छ ।

मोरङ, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको हो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार यससँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छ । काँग्रेसमा अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

प्रदेश दुईका आठ वटै जिल्ला, बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी छ ।

२० जिल्लामा भदौ १८ मा वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको छ । यी २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ ।

यही अनुसार मोरङका १३७ वडामा असोज ५ मा अधिवेशन हुनेछ । प्रदेश १ का अन्य १३ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश १ का ११ सय ५७ वटा वडा छन् । ती सबै वडामा काँग्रेसको वडा संयन्त्र छन् ।

पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

बुधबार, ३० भदौ, २०७८, रातीको ०८:१९ बजे

प्रतिक्रिया

  1. K cangress timra bauko niji jamin ho bhakbhanda garnuparne k timra mataka daejo ho k vai bhak garnu parne Autai patima due kin hunuparo cangress vaneko jantako pati hoen ra aafno lagi matarai hoen jantako lagi cangrees banau sotantar cangress banau janatoko valae garne nitiniyam banau sabai jatjatile aafno kuro rakne cangrees banau jayanepal jaya dolpa

प्रतिक्रिया:

सम्बन्धित खवर