अदालतले गलत निर्णय गर्न थालेजस्तो लागेको छ : सुवास नेम्वाङ

विराटनगर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतले गलत निर्णय गर्न थालेको जस्तो आफूहरुलाई लागेको बताएका छन् ।

माधव नेपाल अध्यक्ष रहेको पार्टीमा सनाखतको माग गर्दै सर्वोच्च अदालत गएका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरी अन्तरिम आदेश दिएकोप्रति लक्षित गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले अदालतका कतिपय निर्णयसँग सहमत नहुँदा नहुँदै पनि सर्वोच्च अदालतप्रति सम्मान गर्ने बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भने, ‘तर पनि सर्वोच्च अदालतलाई हामी सम्मान गर्छौं ।’

यस्तै नेम्वाङले सरकारले देशलाई बन्धक बनाएको आरोप पनि लगाए । ‘जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्छ,’ नेम्वाङले भने, ‘तर, परमादेशबाट आएको सरकारले बुझ्दैन ।’

अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले खर्च गर्न नपाउने अवस्था सिर्जना भएको तिर लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा टेबल गरेका थिए । पार्टी फुटाउनका लागि संसद नै रोकेर अहिलेको सरकार लागि परेको र यति बेला समय पाएनांै भन्नु लज्जास्पद भएको नेम्वाङको भनाइ छ ।

नेता नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद अवरुद्ध राखिराख्ने समेत बताए । संसदमा एमालेका सांसद अराजक रुपमा प्रस्तुत भए नि भन्ने संचारकर्मीको प्रश्नमा नेता नेम्बाङले एमाले संसदीय दलको बैठक राखेर सवैलाई संयमिति हुन निर्देशन दिएको बताए । नेता नेम्माङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।

बुधबार, ३० भदौ, २०७८, दिउँसोको ०२:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर