लोड हुँदैछ...

मेनु

एकीकृत समाजवादीमा दुई संघीय सांसद थपिए, एमालेलाई घाटा

एकीकृत समाजवादीमा दुई संघीय सांसद थपिए, एमालेलाई घाटा

विराटनगर। सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने अधिकारमा असर पार्ने कुनै काम नगर्न भन्ने अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशले नेकपा एमालेले दुई जना सांसद गुमाउने अवस्था आएको छ ।

नेकपा एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादी दर्ताका क्रममा निर्वाचन आयोगमा सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएको भएपनि आयोगले प्रारम्भिक निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध सांसदद्वय अदालत गएका थिए ।

रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । यससँगै नेकपा एकीकृत समाजवादीको सांसद संख्या २३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।