काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामि भदौ २३ गतेका लागि संघीय संसदको अधिवेशन आव्हान गरेकी छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले भदौ २३ गते अपराह्न ४ बजे बस्ने गरी अधिवेशन बोलाएकी हुन् ।
अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।
सभामुख अग्निप्रसाद सापकोटा, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेर प्रधानमन्त्री देउवाले अधिवेशन आव्हान गर्ने निर्णय गरेका हुन् ।