विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई हल्का ज्वरो आएको बताइएको छ ।
अस्वस्थ भएपछि ओलीले शनिबारका सबै औपचारिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।