प्रदेश १ : मन्त्रीपरिषद् विस्तार हुँदै, तीन जना मन्त्री थपिने

विराटनगर । प्रदेश १ को सरकार विस्तार हुने भएको छ । स्रोतका अनुसार आज बेलुकासम्ममा तीन जना मन्त्रीहरुको सपथग्रहणको तयारी गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयलले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीहरुको सपथ गराउने तयारी गर्न भनेको जनाएको छ । बिहीबार नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले आज कम्तीमा तीन जनामन्त्रीलाई नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीका स्वकिय सचिव अनिल राजधामीले तीन जनाको सपथ गराउनेबारे छलफल भइरहेको भन्दै नामको अन्तिम टुंगो नलागेको बताए । स्रोतका अनुसार ताप्लेजुङका बलबहादुर साम्सोहाङ, तेह्रथुमका लछुमन तिवारी, खोटाङकी उषाकला राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीमध्येबाट पहिलो चरणमा मन्त्री नियुक्त हुनेछन् ।

एमाले कार्यकर्ताहरुले नेपाल समूहका मोरङकी सावित्रा रेग्मीले पनि सपथ लिने दाबी गरिरहेका छन् ।

शुक्रबार, ११ भदौ, २०७८, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर