विराटनगर । नाटकीय ढंगले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यको सपथ ग्रहणको तयारी गरिएको छ ।
विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराउने तयारी गरिएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन गर्ने तयारी भएको हो ।
मुख्यमन्त्रीबाट शेरधन राईले प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा बुझाइसकेको बताइएको छ । आचार्यले आजै सानो आकारको मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् ।