प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन, बैठकमा २४ जना उपस्थित (भिडियो)

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् ।

दलका नेता शेरधन राईले दलको बैठकमा राजीनामा दिएर आचार्यलाई दलको नेतामा गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । ‘मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन,’ सुवेदीले भने ।

यसैबीच ५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ । दलको बैठक सम्पन्न हुनेवित्तिकै मुख्यमन्त्री पदबाट राजीनामा दिन शेरधन राई प्रदेश प्रमुखकोमा जाने तयारी गरेको बुझिएको छ ।

बिहिबार, १० भदौ, २०७८, बिहानको ११:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर