काठमाडौं । मध्यमार्गी नेताहरु ९ जनाको सहभागीतासँगै एमाले स्थायी समितिको बैठकको अन्त्यमा फोटोसेसन गरिएको छ ।
लामो विवादबीच माधवकुमार नेपालले पार्टी विभाजन गरेपछि सो समूहबाट ९ जना स्थायी समिति सदस्यहरु पुनः ओली नेतृत्वको एमालेमा समाहित भएका छन् । आज भएको संयुक्त बैठकमा माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहका नताहरुसमेत सहभागी भएका थिए ।
बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल बसेका छन् ।
गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहका नेताहरु सहभागी भएका हुन् ।