दुई दिनभित्र १० बुँदे कार्यान्वयन गर्न एमाले अध्यक्ष ओलीलाई चेतावनी

काठमाडौं । माधवकुमार नेपालको पक्षमा रहेका तर, पार्टी विभाजनबाट पछि हटेका एमाले स्थायी समितिका ९ जनाले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई २ दिनेका समय दिएका छन् ।

दुई दिनको समयमा पनि सहमति कार्यान्वयन नभए विद्रोह गर्ने चेतावनी दिएका हुन् । आज दिउँसो केन्द्रीय सदस्य र सांसदहरुसँग गरेको छलफलको निष्कर्ष वक्तव्यमार्फत सार्वजनिक गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले आफ्ना कुराको सुनुवाई नभए माधव नेपालले पार्टी विभाजन गर्दा भन्दा ठूलो क्षति ओलीले व्यहोर्नुपर्ने चेतावनी समेत दिएका छन् ।

एक नेताका अनुसार छलफलमा ५७ जना सहभागी थिए । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ बैठकको निष्कर्ष सुनाउँदै एक नेताले भने, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’

उनीहरुले १० बुँदे कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको छ ।

शुक्रबार, ०४ भदौ, २०७८, रातीको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर