विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ ।

सुनसरीको धरान ८ घर भएका ३० वर्षीय सुवास लिम्बूको शनिबार १ बजे उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

मृतक लिम्बूमा स्वास प्रस्वासमा समस्या भएपछि कारागार प्रशासनले अस्पताल लगेको थियो । अस्पताल पु¥याएर उपचारको क्रममा मृत्यु भएको बुझिएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बूलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिमानाको फैसला सुनाएको थियो । लागूऔषध ल्याउने क्रममा मोरङ प्रहरीले लिम्बूलाई २०७४ चैत २३ गते पक्राउ गरेको थियो ।