ग्रामथान २ मा माओवादीको वडा कमिटी गठन

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिका २ नम्बर वडामा नेकपा माओवादीले वडा समिति निर्माण गरेको छ ।

समितिको अध्यक्षमा पुडकलाल उराव, सचिवमा सुबास लुइँटेल रहेका छन् । अन्य सदस्यहरूमा सन्तोषी दर्नाल, बलराम झागड, सञ्जय ऋषिदेव, सुनिता सरदार, सीता राजवंशी, सिर्जना मुडियारी, गोपाल लुईटेल, देबलो उराव, सजनलाल ऋषिदेव, दिनेश उराव, मायावती सरदार, नवि मोहम्दलगायत २१ जना रहेका छन् ।

वडा समितिको सल्लाहाकार संयोजक अर्जुनप्रसाद गुरागाई र सल्लाहाकार सदस्यमा बाबुराम मुडियारी गरी ६ सदस्य सल्लाहाकार समिति गठन भएको छ । कायक्रममा नेकपा माओवादी केन्द्र ४ नम्बर क्षेत्रका सचिव पख्खुलाल चौधरी, ग्रामथान गाउँपालिकाका सचिव रमेश भगत, पार्टी सम्बद्ध शिक्षक संगठनका मोरङ जिल्ला सदस्य सुरेश गुरागाईलगायतको उपस्थिति थियो ।

नवगठित पदाधिकारीलाई अथितिहरूले बधाई तथा कायकाल सफलताको शुभकामना दिएका थिए ।

शुक्रबार, २९ साउन, २०७८, दिउँसोको १२:२१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर