विवादकैबीच पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल निर्देशकको पदस्थापना

विराटनगर । मापदण्ड नपुगी नियुक्त्त गरेको आरोप लागिरहेका पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल निर्देशकको पदस्थापना गराइएको छ ।

मापदण्ड नै नपुगेका व्यक्त्तिलाई सुटुक्क नियुक्त्ती गरेको आरोप लागिरहेका बेला विश्वविद्यालयले शिक्षण अस्पताल निर्देशक डा.विपेश आचार्यलाई उपकुलपति प्राडा यादव कोइरालाको उपस्थितिमा आज पदबहाली गराएको हो ।

विवादित नियुक्त्ती भएकोले निर्देशक आचार्यले पेश गरेका प्रमाणपत्र र अन्य सबै कागजातहरु छानविन गरेर सार्वजनिक गर्नुपर्ने माग विश्वविद्यालयका कर्मचारीहरुले आन्तरिक रुपमा उठाएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरमा रहेको एक सय शैयाको शिक्षण अस्पतालका लागि छनौट समितिको सिफारिस अनुसार भन्दै १५ साउनमा कार्यकारिणी समितिले निर्देशक आचार्यलाई सुटुक्क नियुक्त्त गरेको थियो ।

तर उक्त्त नियुक्त्ति मापदण्ड अनुसार नभएको भन्दै कर्मचारीहरुले नै उनको प्रमाणपत्र सार्वजनिक गरेर छानविन गर्न माग गरेका थिए । तर विश्वबिद्यालयका उपकुलपति प्राडा यादव कोइरालाले वेवास्ता गर्दै हतारमा निर्देशक आचार्यलाई १८ साउन दिउँसो पदबहाली गराएका हुन् ।
पहिले पनि ठाडो नियुक्त्तीमा अस्पताल निर्देशकमा नियुक्त्ती पाएका आचार्यलाई उपकुलपति यादबले नेपाली काँग्रेसका उच्च नेताहरुको दबाबमा मापदण्ड विपरित छनौट समिति र कार्यकारिणी समितिलाई समेत गुमराहमा पारेर नियुक्त्त गरेको विश्वबिद्यालय स्रोतले बताएको छ ।

सोमबार, १८ साउन, २०७८, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर