मोरङ व्यापार संघद्वारा शाखामार्फत राहत वितरण

विराटनगर । मोरङ व्यापार संघले जिल्लाका आफ्ना शाखालाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड १९ का कारण प्रभावित विपन्न तथा असहाय वर्गलाई वितरण गर्ने उद्देश्यले आफ्ना नौ वटा शाखामार्फत राहत सामग्री हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका कार्यकारिणी सदस्य एवं शाखा संयोजक नवराज चापागाईले संयोजन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष मुन्दडाले आफ्ना शाखा, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुङ व्यापार संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समिति, रङ्गेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई चामल, दाल, तेल, विस्कुट, चाउचाउ, नुन, मास्कआदि सामग्रीसहितको करिब ४ सय थान राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष (उद्योग) अनुपम राठी, महासचिव अनिल कुमार साह, सदस्य संजय श्रेष्ठ, मनिष मारु, विनित सिंघानिया, सन्तनु रेग्मीलगायतको उपस्थिति थियो ।

आइतबार, ०३ साउन, २०७८, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर