दमक । झापाको दमक नगरपालिका ७ हाटखोलाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ७ का ४० वर्षीय कर्णबहादुर राईको घरबाट कौडा र २ लाख बढि नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी राई, ४४ वर्षीय गंगा पाठक, ४० वर्षीय राजन दाहाल, गौरादह ३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह ८ का ३८ वर्षीय ईन्दुकुमार राजवंशी रहेका छन । यस्तै गौरादह २ का ३२ वर्षीय निर्मल थापा, दमक २ का ४२ वर्षीय रामबहादुर धिमाल, दमक ६ का ३३ वर्षीय विजय सिंह, सुनसरीको ईटहरी ४ का ३५ वर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ वर्षीय मिलन राई रहेका छन् ।
शुक्रबार साँझ जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहररुउपर जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

