लोड हुँदैछ...

मेनु

सैनिक जवानद्वारा गोली हानी आत्महत्या

सैनिक जवानद्वारा गोली हानी आत्महत्या

विराटनगर । नेपाली सेनाका एक जना जवानले आफैंले आफूलाई गोली हानी आत्महत्या गरेका छन् ।

महोत्तरीस्थित रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले आज बिहान आत्महत्या गरेका हुन् ।

रामेछाप घर भएका ती जवानले आफूले बोकेको मिनी इन्सासले बाँया कन्चटमा गोली हानेका थिए । अतिथी गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए । मृतक सैनिक जवानको नाम ठेगाना भने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।