पाँचथर । फिदिम नगरपालिका–१ डिभिजन वन कार्यालयको पर्खाल भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।
शौचालय गएको बेला माथिबाट पर्खाल भत्किएर आएको पहिरोले थिचिएर गम्भीर घाईते भएकी १४ वर्षीय बालिका सञ्जिता राईको उपचारका क्रममा आज मृत्यु भएको हो ।
गत बुधबार वन कार्यालयको वाल लडेर गएको पहिरोमा परेको थाहा पाएपछि उनका दाई सगुन राईले तत्काललै उद्धार गरेका थिए । तर निरन्तर पहिरो झरेपछि उनको उद्धार आधा घण्टा पछिमात्र भएको थियो ।
सञ्जिताकी आमा वैदेशिक रोजगारमा गएका कारण उनी र उनका दाइ सगुन फिदिमस्थित शिवालय मन्दिर नजिक डेरामा बस्दै आएका थिए ।
जोखिममा रहेको वाल पटक पटक जिल्ला वन कार्यालयलाई मर्मत गर्न भन्दा पनि अटेरी गरेको कारण यो स्थिति आएको भन्दै स्थानीयले वन कार्यालयको बेवास्तका कारण घटना भएको आरोप लगाएका छ्न् ।

