लोड हुँदैछ...

मेनु

घरभित्र आधा शरिर जलेको शव भेटियो

घरभित्र आधा शरिर जलेको शव भेटियो

विराटनगर । विराटनगर महानगरपालिका–१५ हड्ताली हाटमा आधा शरीर जलेको अवस्थामा बिहीबार दिउँसो एक पुरुषको शव फेला परेको छ ।

स्थानीय ५८ वर्षीय गंगाप्रसाद पोखरेलको शव आफ्नै घरको कोठाभित्र जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखरेलको शरीरको कम्मरदेखि माथिको भाग पूरै जलेको छ । स्थानीय बासिन्दाले घरभित्र जलेर मानिसको मृत्यु भएको जानकारी दिएपछि प्रहरीले घटनाका बारेमा थाहा पाएको थियो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएर घटनाको अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार शंकास्पद घटनामा विभिन्न कोणबाट अनुसन्धान भइहरेको छ । परिवारका अरु सदस्य नभएकाले अविवाहित पोखरेल घरमा एक्लै बने गरेको बताइएको छ ।

घटनास्थलनजिक मट्टिलको गन्ध आउने खाली प्लाष्टिकको बोत्तल फेला परेको प्रहरीले जनाएको छ । त्यस आधारमा मृतक आफैले मट्टितेल छर्किएर शरीरमा आगो लगाएको अनुमानसमेत गरिएको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि अनुसन्धान प्रक्रियाले थप गति लिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।