विराटनगर । प्रदेश १ सरकार मन्त्रीपरिषदको आज बसेको बैठकले तीन वटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै सरकारले एउटा नियमावली स्वीकृत पनि गरेको छ ।
प्रदेशसभामा पेश गर्न स्वीकृति दिएका विधेयकहरुमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानन विधेयक २०७८, प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको शंशोधित मस्यौदा र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।
यस्तै प्रदेश सरकारले प्रदेश नम्बर १ निजी तथा साझेदारी फर्म दर्ता नियमावली २०७८ लाई स्विकृति प्रदान गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।