लोड हुँदैछ...

मेनु

अपाङ्गता भएका बालबालिकाका लागि पोषण सहयोग

अपाङ्गता भएका बालबालिकाका लागि पोषण सहयोग

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाका आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङ्गता बालबालिकाका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त कार्यक्रम अन्तर्गत आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङ्गता भएका २० जना वालबालिकाका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट बाँस्तोला, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, अपाङ्गता रोकथाम तथा पुनःस्थापना सहजकर्ता सम्झना वर्देवा, मनिता थापा र वर्षा मण्डल गौतमसहितको सहभागितामा घर–घरमा गई चामल तथा पोषिलो खानेकुरा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds