नेपाली सेनाको मुख्यालय अब धनकुटाको हिलेमा

विराटनगर । यसअघि सुनसरीको इटहरीमा रहेको नेपाली सेनाको पूर्व क्षेत्रको मुख्यालय अब धनकुटाको हिलेमा रहने भएको छ ।

धनकुटा–१ हिलेमा यसअघि रहेको नेपाली सेनाको क्याम्पलाई थप विस्तार गरी पूर्वी कमाण्ड हेडक्वाटरको रुपमा स्थापना गरिएको हो ।

यसअघि हिलेमा नेपाली सेनाको पूर्वी कमाण्ड हेडक्वाटर श्री नंं. २ बाहिनी अड्डा रहेको थियो । हिलेमा रहेको बाहिनी अड्डा सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर रहेको स्थानमा स्थान्तरण भएको छ ।

अब पृतना हेडक्वाटर स्वतः पूर्वी कमाण्ड हेडक्वाटरमा रूपान्तरण भएको छ । यसको कमाण्ड नेपाली सेनाका तीन तारे जर्नेल (रथी) ले गर्नेछन् । उक्त मुख्यालयले प्रदेश १ र २ का सबै जिल्ला र ३ नम्बर प्रदेशको उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)बाहेक सबै जिल्लाको कमाण्ड गर्नेछ ।

हिलेको हेडक्वाटर परिसरभित्र गण, गुल्म र विभिन्न प्रकार सैन्य क्याम्प खडा गरी २५ सय फौज रहनेछन् । नेपाल सरकार मन्त्रिपरिषद्बाट धनकुटेली जनताको भावनालाई सम्मान गर्ने ऐतिहासिक निर्णय भएको भन्दै धनकुटा जिल्लाबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले खुसी व्यक्त गरे ।

मङ्गलबार, २२ असार, २०७८, दिउँसोको ०२:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर