प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।

प्रदेश १ मा आज ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बा¥हदशी र कमल गाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीय तह नखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ मा आज ९६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार, २१ असार, २०७८, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर