माधव नेपालसँगै ओलीनिकट नेताको भेट

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर विवाद समाधान गर्न आग्रह गर्दै नेकपा एमाले ओली निकटका नेताहरुले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

आज बिहान भएको भेटका क्रममा आफूहरुले पार्टी अध्यक्ष ओलीसँग भेटेर कुराकानी गर्न नेता नेपाललाई सुझाव दिएको सुवास नेम्वाङले जानकारी दिए । माधवकुमार नेपालले भने आफैं कुरा गर्न र आफूले पनि कुराकानी गर्ने जवाफ दिएका थिए ।

ओलीनिकट नेताहरू आज बिहानै नेता नेपालको निवास कोटेश्वर पुगेर उनीसँग छलफल गरेका हुन् । भेटमा सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल थिए भने नेपाल समूहका नेता घनश्याम भुसाल पनि उक्त छलफलमा सहभागी थिए।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा हालेको मुद्दामा हस्ताक्षर गरेका एमाले सांसदहरूको हस्ताक्षर फिर्ता हुनुपर्ने बताए पनि नेपाल पक्षीय नेताहरुले हस्ताक्षर फिर्ता नहुने बताइरहेका छन् ।

आइतबार, २० असार, २०७८, बिहानको ११:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर