लोड हुँदैछ...

मेनु

माछा मार्ने क्रममा करेन्ट लागेर एक र खोलाले बगाएर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक र खोलाले बगाएर एक जनाको मृत्यु

विराटनगर । इलाम माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ ।

हिंजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका–४ स्थित मानिस नबसेको घरबाट विद्युत्को तार जोडी गङ्गटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

यसैबीच उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोकका ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिंजो दिउँसो १२ बजे सोही स्थानमा रहेको इवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो ।

घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर दक्षिणमा राईको शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।