ओलीपक्षीय एमाले केन्द्रीय समितिको बैठकमा वामदेव गौतम सहभागी

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले डाकेको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने उक्त बैठक बहिष्कार गरेका छन् ।

बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । माधव समूहले भने यो बैठक रोक्न आग्रह गरेको थियो । बैठक बस्नु अघि माधवपक्षीय नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटवार्ता गरेर उनीहरु बालुवाटारबाट बाहिरिएको बताइएको छ ।

शुक्रबार, १८ असार, २०७८, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर