माधवपक्षको बहिष्कारकाबीच एमालेको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहिष्कारका बीच नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बालुवाटारमा बस्दैछ ।

विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

ओली र नेपाल पक्षका दोस्रो तहका नेताबीच हिंजोसाँझ भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । तर, उक्त आग्रहको बेवास्ता गर्दै बैठक बस्न लागेको हो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । यसअघिको बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । सो निर्णयको वैधानिकताबारे सर्वोच्च अदालतले प्रश्न उठाएपछि पुनः अर्को बैठक बस्न लागेको हो ।

शुक्रबार, १८ असार, २०७८, बिहानको १०:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर