धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति मदिरा सेवन गरि आएको विवादपछि आन्दोलनकारीसँग सुरु भएको वार्ता विथोलिएको छ ।
आन्दोलनरत पक्ष र प्रतिष्ठान पदाधिकारीबीच वार्ता भइहरेको बेला मंगलबार दिउँसो उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बोलेपछि आन्दोलनरत पक्ष उपकुलपति गिरी मापसे गरेर आएको भन्दै वार्तास्थलबाट बाहिरिएका थिए ।
गिरीको बोली लर्बरिएको र उनी बोल्दा रक्सीको गन्ध आएको भन्दै आन्दोलनकारीले यस्तो अवस्थामा वार्ताको अर्थ नहुने भन्दै वार्तास्थलबाट बाहिर निस्किएर पदाधिकारीहरुलाई थुनेका छन् । वार्ताका सहभागीले अनुसार उपकुलपति गरि रक्सी सेवन गरेर अमर्यादित रुपमा वार्तामा आएपछि वार्ता भाँडिएको बताएका छन् ।
आन्दोलनकारीहरुले उपकुलपति गिरीको स्वास्थ्य परिक्षण गर्नुपर्ने माग गर्दै पदाधिकारीलाई थुनेका छन् । प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टि, विद्यार्थी, नर्स तथा चिकित्सकहरु आन्दोलनमा छन् । आन्दोलनरकारीहरुले दुई दिनयता रिले अनसन गरिरहेका छन् ।
आन्दोलनकारीसँग मंगलबार वार्ता सुरु भएकोमा उपकुलपतिको व्यवहार अस्वभाविक भएपछि वार्ता भाडिएको छ । आन्दोलनरत पक्षका डा.एसपी रिमालले उपकुलपति मातेर वार्तामा आएको बताए ।

