विराटनगर । एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–२ टंकिसिनवारी स्थित सरस्वती खड्काको घरमा रहेको एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ वर्षीय मो. ईम्तियाज र सोही ठाउँका २५ वर्षीय मो. अनिष हुसेन रहेको मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । उनीहरूले सोमबार विहान २:३० बजे एटिएममा बिभिन्न हाते औजार फलामको हतौडा, छिनो र पेचकसको सहायताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले एटिएमको पैसाँ भने लुटन पाएनन् । ‘तोडफोड गर्दै गरेको जानकारी पाएलगतै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीको सक्रियताको कारणले एटिएमको पैसा लुट्न भने पाएनन्,’ डिएसपी मुकारूङले भने ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।