लोड हुँदैछ...

मेनु

ओलीको प्रश्नः मलाई बहुला कुकुरले टोकेको छ र ?

ओलीको प्रश्नः मलाई बहुला कुकुरले टोकेको छ र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गर्न आफूलाई बहुला कुकुरले नटोको बताएका छन् ।

आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको भन्दै ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यककर्ता रहेकोले कोही नपाएर उनलाई प्रधानमन्त्री प्रस्ताव नगर्ने बताए ।

मदन भण्डारीको ७० औं जन्मजयन्तिको अवसरमा आज बालुवाटारमा आयोजित एक कार्यक्रममा ओली नेता नेपालमाथि खनिएका हुन् । ‘माधब नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन्, उनी काँग्रेसमा जानसक्छन्’ उनले भने ‘तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’

‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्,’ ओलीले भने, ‘नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ ।’ कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्ने काम नेपालले गरेको भन्दै ओलीले यस्तो लाज सरम पचेको मान्छेको चर्चा नकारात्मक हिसाबले गर्नुपर्ने बताए ।

ओली सर्बोच्च अदालतका न्यायायाधीशमामाथि पनि खनिएका छन् । अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधिसहरु मौन बसेको भन्दै भन्दै आक्रोश व्यक्त गरे । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अदालतमा अमर्यादित अभिव्यक्ति वकिलहरुले दिँदा न्यायाधीश मौन बसेको भन्दै उनले आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।