विराटनगर । सर्वाोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा आजबाट विपक्षीको तर्फबाट बहस सुरु भएको छ । सोमबार विपक्षीहरुको तर्फबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाले तीन घण्टा बहस गर्ने समय पाएका छन् ।
रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि आजबाट करिव १४ घण्टा विपक्षीका तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्ने छन् । एक घण्टाका समय सभामुखको वकिललाई दिइएको छ ।
गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।