विराटनगर । प्रदेश १ को प्रहरी प्रमुख (डिआइजी) मा अरुणकुमार बिसीको सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजी सरुवाको क्रममा प्रदेश १ का डिआइजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालयमा तानेर बीसीलाई सरुवा गरेको हो ।
बीसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा कार्यारत थिए । उनी यसअघि मोरङ जिल्लाको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनी मोरङको एसपी रहँदा ३३ केजी सुन तस्करी प्रकरण बाहिर आएको थियो ।
मोरङमा नै रहँदा पण्डित श्री निवासमाथि गोली प्रहारको घटनाको समेत बीसीले सफल अनुसन्धान गरेर गरेका थिए । गृहले ७ वटै प्रदेशका डिआईजीको सरुवा गरेको छ ।
मन्त्रालयले प्रदेश–२ मा उमेश रञ्जितकार, गण्डकी प्रदेशमा दिवेश लोहनी, केन्द्रीय अनुसन्धान ब्युरोमा डीआईजी धीरजप्रताप सिंह, प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा मा सहकुलबहादुर थापा, बाग्मती प्रदेशमा प्रकाशजंग कार्की, लुम्बिनमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेशबहादुर ऐर, विषेश व्युरोमा रविन्द्रकुमार धानुक, अख्तियारमा वसन्तकुमार पन्त र महानगरीय प्रहरी कार्यालमया उत्तमराज सुवेदीको सरुवा गरेको छ ।




















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।