कानेपोखरीकी सरीता हत्या प्रकरण : विवाह गर्न दबाव दिँदा प्रेमीबाटै हत्या

विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीय सरीता सोरेनको हत्या आरोपमा उनका प्रेमी पक्राउ गरेका छन् ।

प्रहरीले मोरङको रतुवामाइ नगरपालिका–६ का ३० वर्षीय सुफल हस्तालाई हत्या आरोपमा पक्राउ गरेको हो ।

सरीताको हत्या भएको ४५ दिनपछि प्रेमी हस्तालाई भारतको आग्रहदेखि पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको सुरक्षा स्रोतले जानकारी दिएको छ । हस्ताको सरीता प्रेमीका रहेको खुलेको छ । ‘यस घटनामा अहिले अनुसन्धान भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘अहिले एक जना नियन्त्रणमा रहेका छन् । थप अनुसन्धानपछि घटनाको विषय सार्वजनिक गर्नेछौं ।’

सरीताको १९ वैशाख आइतबार बिहान ९ बजे रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित शव रामप्रसाद भण्डारीको मकैबारीमा अर्धनग्न अवस्थामा मृत अवस्थमा शव भेटिएको थियो । मृतक अवस्थामा भेटिएको सरीताको पहिचान त्यसबेला दुई दिनपछि खुलेको थियो ।

सरिता विवाहीता हुन् । उनको एक छोरा छन् । केही वर्ष अगाडि उनको श्रीमानको मृत्यु भएको थियो । पक्राउ परेका हस्ता पनि विवाहित हुन् । ‘७÷८ वर्षदेखि सरीता र सुफल प्रेम सम्बन्धनमा रहेका खुलेको छ । सरीताले विवाह गर्न दबाव दिएको कारणले सुफलले हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ घटनामा संलग्न एक प्रहरी अधिकारीले भने । पक्राउ परेका सफुल ट्याक्टर चालक हुन् ।

भेट्न बोलाएर प्रेमीकाबाटै हत्या

तीन महिनादेखि उर्लाबारी–१ होक्लाबारीका स्थानीय योगेन्द्र थापाको गाई फार्ममा सरीता काम गर्दै आएकी थिइन् । १८ वैशाखमा उनी त्यहाँबाट गाउँमा विवाह छ भनेर हिंडेकी थिइन् । तर, १९ वैशाखमा रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित मकैबारीमा अर्धनग्न अवस्थामा शव भेटिएको थियो । घरदेखिको घटनास्थल करिब ४० किलोमिटर टाढा हो ।

सरीतालाई प्रेमी सुफललले फोन गरेर रतुवामाइमा भेट्न बोलाएका थिए । केरौनदेखि सरीता सार्वजानिक यातायत चढेर सुफललाई भेट्न गइन् । रतुवामाइमा भेटघाट भएपछि उनीहरू स्थानीय होटलमा खानपिन गरेपछि गफिन भन्दै स्थानीय भद्रकालिन चौकस्थित मकैबारीमा लगे । लामोसमय प्रेम सम्बन्धनमा रहेकाले सरीताले सुफललाई बिवाह गर्न दबाव दिइन् । यतिकै भनाभन भएपछि रिसको आवेगमा आएर सुफलले हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिृकतको भनाइ छ ।

हत्या गरेपछि प्रेमी भारत

यस घटनामा प्रहरीले अनुसन्धानको दायरमा सुफलका तीन जना साथीहरूलाई पनि नियन्त्रणमा लिएको थियो । उनीहरुको संलग्न नदेखिएपछि प्रहरीले छोडिदिएको थियो । ‘साथीहरूको बयान, घटनास्थल र प्राविधिक पाटोदेखि अनुसन्धान गर्दा घटनामा संलग्न प्रारम्भिक चरणमा प्रेमी सुफल देखिएका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिृकतले भने । सुफलले प्रेमिकाको हत्या गरेपछि भारत फरार भएको प्रहरीका अधिकारीहरू बताउँछन् । त्यही भएर उनलाई पक्राउ गर्न प्रहरीलाई करिब दुई महिना लागेको छ । यस घटनामा मोरङ प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरेको थियो । घटनामा संलग्न सुफल भारत गएको पत्तो पाएपछि मोरङ प्रहरीको एक विशेष टोली भारतको आग्रह पुगेर सुफललाई पक्राउ गरेर ल्याएको हो ।

बिहिबार, ०३ असार, २०७८, दिउँसोको ०२:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर