प्रदेश १ को बजेट :३२ अर्ब ४६ करोड ९२ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेकाे छ ।

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज प्रदेशसभा बैठकमा बजेट पेस गरेका हुन ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर, उक्त बजेट करिब २८ अर्बमा खुम्चिएको अनुमान मन्त्री आङ्बुहाङले गरे ।

गतवर्षको भन्दा करिब आठ अर्ब कमको बजेट प्रदेश सरकारले ल्याएको हो । बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगततर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरिएको छ ।

सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट रु ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो । यस्तै चालु वर्षको २ अर्ब बचत हुने अनुमान छ । यस्तै संघबाट प्राप्त हुने बित्तीय समानीकरण अनदुानबाट ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनदुानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपरुक अनदुानबाट १ अर्ब १६ करोड बिशेष अनदुानबाट ५९ करोड ३३ लाख र वैदेिशक अनदुानबाट २६ करोड १३ लाख प्राप्त हुने बजेटमा ब्यवस्था छ ।

मङ्गलबार, ०१ असार, २०७८, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर