प्रदेश १ को नीति तथा कार्यक्रम आज

विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको छ ।

प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्नेछन् ।

आज विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ ।

बिहिबार, २७ जेठ, २०७८, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर