कोपा अमेरिका फुटबलः यस्तो छ खेल तालिका (नेपाली समय अनुसार)

विराटनगर । दक्षिण अमेरिकी फुटबल कोपा अमेरिकाको ४७ औं संस्करण ब्राजिलमा आयोजना हुने निश्चित भएको छ ।

सुरुवातमा अर्जेन्टिना र कोलोम्बियाले संयुक्त रुपमा आयोजना हुने भनिएको प्रतियोगिता दुवै देशबाट पालैपालो स्थगित हुँदै ब्राजिलमा आयोजना हुने भएको हो ।

जुन १३ देखि जुलाई ११ सम्म चल्ने प्रतियोगितामा सहभागिता जनाउने १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । क्वाटरफाइनलमा शीर्ष टोलीले अर्को समूहको चौथो स्थानमा रहने टोलीसँग खेल्दा फरक समूहका दोस्रो र तेस्रो टोलीले एक आपसमा भिड्नेछन् ।

प्रतियोगिताका सबै खेल सोनीको टेन च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

समूह विभाजन

समूह एःअर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे

समूह बीः ब्राजिल, कोलोम्बिया, भेनेजुएला, इक्वेडर, पेरु

समूह चरणका खेलहरु

जुन १४, सोमबार

ब्राजिल विरुद्ध भेनेजुएला – विहान २ः४५ बजे

कोलोम्बिया विरुद्ध इक्वेडर – विहान ५ः४५ बजे

जुन १५, मंगलबार

अर्जेन्टिना विरुद्ध चिली – विहान २ः४५ बजे

पराग्वे विरुद्ध बोलिभिया – विहान ५ः४५ बजे

जुन १८, शुक्रबार

कोलोम्बिया विरुद्ध भेनेजुएला – विहान २ः४५ बजे

ब्राजिल विरुद्ध पेरु – विहान ५ः४५ बजे

जुन १९, शनिबार

चिली विरुद्ध बोलिभिया – विहान २ः४५ बजे

अर्जेन्टिना विरुद्ध उरुग्वे – विहान ५ः४५ बजे

जुन २१, सोमबार

भेनेजुएला विरुद्ध इक्वेडर – विहान २ः४५ बजे

कोलोम्बिया विरुद्ध पेरु – विहान ५ः४५ बजे

जुन २२, मंगलबार

उरुग्वे विरुद्ध चिली – विहान २ः४५ बजे

अर्जेन्टिना विरुद्ध पराग्वे – विहान ५ः४५ बजे

जुन २४, बिहीबार

इक्वेडर विरुद्ध पेरु – विहान २ः४५ बजे

ब्राजिल विरुद्ध कोलोम्बिया – विहान ५ः४५ बजे

जुन २५, शुक्रबार

बोलिभिया विरुद्ध उरुग्वे – विहान २ः४५ बजे

चिली विरुद्ध पराग्वे – विहान ५ः४५ बजे

जुन २८, सोमबार

ब्राजिल विरुद्ध इक्वेडर – विहान २ः४५ बजे

भेनेजुएला विरुद्ध पेरु – विहान २ः४५ बजे

जुन २९, मंगलबार

उरुग्वे विरुद्ध पाराग्वे – विहान ५ः४५ बजे

बोलिभिया विरुद्ध अर्जेन्टिना – विहान ५ः४५ बजे

क्वाटरफाइनल

३ जुलाई, शनिबार – समुह बी दोस्रो स्थान विरुद्ध समूह ए तेस्रो स्थान – विहान २ः४५ बजे – क्वाटरफाइनल १

३ जुलाई, शनिबार – समुह बी विजेता विरुद्ध समूह ए चौथो स्थान – विहान ५ः४५ बजे – क्वाटरफाइनल २

४ जुलाई, आइतबार – समूह ए दोस्रो स्थान विरुद्ध समूह बी तेस्रो स्थान – विहान ३ः४५ बजे – क्वाटरफाइनल ३

४ जुलाई, आइतबार – समूह ए विजेता विरुद्ध समूह बी चौथो स्थान – विहान ६ः४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४ः४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६ः४५ बजे

तेस्रो स्थान

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५ः४५ बजे

फाइनल

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेताहरु – विहान ५ः४५ बजे

बुधबार, २६ जेठ, २०७८, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर