राष्ट्रपति कार्यालयको विज्ञप्ती नै गायव !

विराटनगर । राष्ट्रपति कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ति वेवसाइटबाट गायब भएको छ । जेठ १ गते पछि जारी भएका सबै विज्ञप्तिहरु वेबसाइटबाट हराएका हुन् ।

राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएका हुन् ।
विज्ञप्ति हराएपछि कार्यालयले अनुसन्धान थालेको छ ।

वेबसाइडबाट विज्ञप्ति अचानक हराउनुलाई सर्वसाधारणहरुले षड्यन्त्रको रुपमा लिएका छन् । संविधानको धारा ७६(३) अन्तरगत गठन भएको सरकारले अर्को सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु अदालत जाने तयारीमा छन् । विपक्षी दलहरु अदालतमा जाने तयारी गरिरहेकै बेला वेबसाइटबाट विज्ञप्तिहरु गायब बनाइएको छ ।

वेबसाइटमा शुक्रबारसम्म अपलोड भएका सूचना मात्र छन् । यी सबै सूचनाहरू अहिले हराएपछि अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।

आइतबार, ०९ जेठ, २०७८, बिहानको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर