विपक्षी गठबन्धन आजै सर्वोच्च जाने तयारीमा

विराटनगर । नेपालको संविधान २०७२ को धारा ७६ (३) अन्तरगत गठन भएको सरकारले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेपछि वैकल्पिक सरकार दिने सबै प्रकृया पुरा गरेका विपक्षी गठबन्धनले आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेका विपक्षी गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलले आफ्ना सबै सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन ििदएका छन् । बिहान ११ बजे उनीहरु संसद भवनमा भेला भएर अदालत जाने तयारी गर्ने बताइएको छ ।

शनिबार विपक्षी गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल–खनाल समूह), जनता समाजवादी पार्टी (यादव–भट्टराई समूह), राष्ट्रिय जनमोर्चा नेपाल लगायतका राजनीतिक दलहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संविधान विपरितका काम भएको भन्दै त्यसको कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारी भइरहेको बताएका छन् ।
संविधानको धारा ७६(५) अन्तरगत बनेको प्रधानमन्त्रीले मात्र संसद विगठन गर्न सक्ने यस अघि सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला र त्यसको ब्याख्याका आधारमा पनि

प्रधानमन्त्रीको सिफारिस र संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय असंवैधानिक जिकिर गर्दै विपक्षी गठबन्धनमा आवद्ध १४९ सांसदको तर्फबाट सर्वोच्चमा रिट दायर गर्ने बताइएको छ । राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर रिट दायर हुने र प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध अदालतको मानहानी गरेको आरोपमा मुद्दा दायर गर्ने विषयमा समेत दलहरुबीच छलफल भइरहेको बताइएको छ ।

 

 

आइतबार, ०९ जेठ, २०७८, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर