देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको समर्थन

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न बहुमत सांसदले समर्थन दिएका छन् ।

प्रतिनिधिसभाको कायम रहेको सदस्यसंख्या २७१ मध्ये १४९ सांसदको समर्थन रहेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।

सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकबाट हस्ताक्षर संकलन गरिएको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधबकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदले हस्ताक्षर गरेका हुन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवास तर्फ लागेका हुन् ।

देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए । नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेको बताइएको छ ।

शुक्रबार, ०७ जेठ, २०७८, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर