ठाकुर सहमतीय सरकारको नेतृत्व गर्ने पक्षमा

काठमाडौँ । सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को ठाकुर महतो समूहको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न दलको बैठक बोलाएका हुन् ।

सांसद शरतसिंह भण्डारीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको जानकारी दिए । ‘अध्यक्षज्यूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा समसामयिक राजनीतिबारे छलफल गर्न बिहान १० बजे दलको बैठक बोलाउनु भएको छ । म त्यहाँ पुग्दैछु,’ सांसद भण्डारीले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आज साँझ पाँच बजेसम्मको समय दिएर संविधानको धारा ७६ ९५० अनुसार सरकारको दाबी गर्न आह्वान गरेकी छन् । जसपाले सहमतीय प्रधानमन्त्रीमा अध्यक्ष ठाकुरmलाई अघि सार्ने तयारी गरेको छ । त्यसका लागि बैठकले औपचारिक निर्णय गर्ने सम्भावना छ ।

शुक्रबार, ०७ जेठ, २०७८, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर