हेटौंडा । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई एकैदिन दोहोरो बज्रपात परेको छ ।
सर्वोच्च अदालतले मन्त्रीपदबाट हटाउन आदेश दिएकै दिन उनी राष्ट्रियसभा चुनावमा पनि पराजित भएका छन् ।
उनलाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार बादलले ४०१४
र कृष्ण तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।