काठमाडौं । प्रदेश नं. ३ को राष्ट्रियसभाको सदस्यको लागि आज भएको उपनिर्वाचनमा मतदानका लागि ९ जना मतदाता अनुपस्थित भएका छन् ।
दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ थिए । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्रै मतदान गरेका हुन् ।
प्रदेशका १०९ जना प्रदेश सांसदमध्ये १०५ जना मात्र मतदानमा सहभागी भएका छन् । विवेकशील साझा पार्टीका तीन जना सांसद मतदानमा अनुपस्थित रहे । स्थानीय तहका २३८ मतदातामध्ये २३३ जनाले मत दिए । ५ जना अनुपस्थित रहे ।
उपनिर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ ।
उपचुनावमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा.खिमलाल देवकोटा मैदानमा छन् । देवकाटोलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन छ । माओवादी केन्द्रको तर्फबाट निर्वाचन थापा एमाले प्रवेश गरेपछि उनलाई पार्टीले संसद पदबाट मुक्त गरेपछि उपनिर्वाचन भएको हो ।